काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले एक वर्षे कार्यकालको उपलब्धि सावर्जनिक गरेका छन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत मन्त्री ठकुरीले ३१ असार २०८१ वन तथा वातावरणमन्त्रीमा नियुक्त भएयता मन्त्रालयमार्फत भएका कामहरूको विवरण सार्वजनिक गरेका हुन् ।
मन्त्रालयले विगतको एक वर्षमा देश र वन क्षेत्रको सन्तुलित विकास गर्न सफल भएको उनको दाबी छ । मन्त्री ठकुरीले हरित अर्थतन्त्रको दिशा अवलम्बन गर्दै आवश्यक कानुनी सुधार भएको बताए ।
‘काठको उत्पादनमा वृद्धि गरी काठमा देशलाई आत्मनिर्भर बनाउनका लागि हामी केन्द्रित भएका छौं । वनभित्र रहेका सुकेका तथा कुहिएका काठको उपयोग गरी वन क्षेत्रलाई सफा र काठको उपयोगलाई बढावा दिने लक्ष्य राखेका छौं,’ उनले भने ।
उनले भने, ‘यो वर्ष वन उद्यमशीलता र रोजगारीमा पनि वृद्धि भएको छ । यो वर्ष ४१ हजार जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ ।’उनले नीतिगत तथा प्रक्रियागत सुधार गरी वन तथा वातावरण मन्त्रालयको सेवामा सुधार गरिएको बताए ।
उनले वन, वातावरण संरक्षण र जलवायु कार्य गर्नको लागि वैदेशिक अनुदानका लागि सम्झौता भएको उल्लेख गरे ।मन्त्री ठकुरीले आफ्नो एक वर्षे कार्यकाल औसत रूपमा सफल भएको दाबी गरे ।
उनले हिमाली क्षेत्रका जीविकोपर्जनका लागि यार्सागुम्बाको निकासीका लागि निर्देशिका तयार पारी कार्यान्वयनमा ल्याइएको पनि जानकारी दिए । मन्त्री ठकुरीले मुलुकलाई काठमा आत्मनिर्भर बनाउनमा मन्त्रालय केन्द्रित रहेको बताए ।
उनले यस अवधिमा कार्बन व्यापारमा ऐतिहासिक सफलता हासिल भएको बताए । उनले परियोजना विकास तथा परियोजना वित्त नेपाल भित्र्याउन विषेश पहल भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३२ असार २०८२, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’: वनमन्त्री शाही
‘चुरेका समुदायको हितमा गुरुयोजनाको कार्यान्वयन गर्न प्रतिबद्ध छौँ’: वनमन्त्री शाही
वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
बलियो सरकार बनेपछि अर्थतन्त्र सुधारोन्मुख छ : वनमन्त्री शाही
वन ऐन संशोधन गर्ने क्रममा छौँ : वन मन्त्री शाही