काठमाडौँ । काठमाडौँको सतुंगलमा चारतले घरमा रहेकाे कपडा गोदाममा आज बिहान भीषण आगलागी भएको छ।
चन्द्रागिरि नगरपालिका- ११ सतुंगलमा रहेको कपडा गोदाममा बिहीबार बिहान एक्कासी आगलागी भएको प्रहरी प्रभाग बलम्बुले जनाएको छ।
६ वटा दमकल र ९ वटा पानी ट्यांकरको सहायतामा केहीबेर अघि आगलागी नियन्त्रणमा आएकाे छ। बिहीबार बिहान सवा पाँच बजेबाट आगलागी सुरु भएको हो।
चारतले आरआर कम्पलेक्सको भूइँतलामा रहेको कपडाको गोदाममा अचानक आगलागी भएको स्थानीयले बताएका छन्। आगलागीकाे कारण खुलेकाे छैन।
आगलागीको खबर प्राप्त पश्चात हुँनासाथ जिल्ला प्रहरी परिसर काठमाडौँबाट प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, प्रहरी नायव उपरीक्षक सुन्दर तिवारी, प्रहरी बृत्त थानकोटबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा १५ जना प्रहरी घटनास्थलमा पुगेका थिए।
त्यसैगरि प्रहरी प्रभाग बलम्बुबाट प्रहरी निरीक्षकको कमाण्डमा १२ जना, मातातीर्थबाट ४ जना प्रहरी र ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाली सेना पनि आगलागी नियन्त्रणमा परिचालन भएका छन्।
आगलागी नियन्त्रणमा चन्द्रागिरि नगरपालिकाको दमकल, बालाजु औधौगिक क्षेत्रको दमकल, ललितपुर महानगरको दकमल, नेपाली सेनाको दमकल, काठमाडौँ महानगर पालिकाका २ वटा दमकल गरी जम्मा ६ वटा दमकल परिचालन गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०८२, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टर्कीमा आगलागीः ५५० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो
नागार्जुनमा आगलागी, क्षतिको विवरण आउँन बाँकी
आगलागी भएको हुम्ला उनापानीमा एक करोडभन्दा बढी क्षति
हुम्लामा आगलागी, आठ घर जलेर खरानी
बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग
बालुवा बोकेको टिपरमा आगलागी