काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र परेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । उनले देशको ढुकुटीको प्रमुख संवाहक र रक्षक मानिने राष्ट्र बैंकका गभर्नरको नियुक्ति वार्षिक बजेट र मौद्रिक नीति जारी गर्ने समय नजिकिँदा समेत नहुनु लज्जास्पद र निन्दनीय विषय भएको समेत बताए ।
उनले के देश साँच्चै भ्रष्ट र अयोग्यहरूको शासनमा परिणत भएको हो भन्दै प्रश्न समेत गरे । सचेत र सुशासन पक्षधर नागरिकहरू र जिम्मेवार राजनीतिक शक्तिहरूले समयमै खबरदारी गर्नुपर्नेमा समेत उनले जोड दिए ।
सत्ता साझेदार दलहरु(नेपाली कांग्रेस र नेकपा एमाले) बिच तालमेल नमिल्दा हालसम्म पनि गभर्नर नियुक्ति हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०८२, ०६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई
अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई