काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ स्थित मखन गल्लीमा खाना पकाउने ग्याँस पड्किएर आगलागी भएको अनुसन्धानबाट थाहा भएको छ । बुधवार बिहान ६ बजेर ५० मिनेटमा सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले घरमा आगो लागेको थियो ।
आगलागीमा परेर सो घरको चौथो तलामा बस्ने एक जना महिलाको मृत्यु भएको छ । मखन क्षेत्रमा नाङ्लोमा सामान बेच्दै आएकी करिब ६५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । उनलाई स्थानीयहरू ‘चरिकोटे बुढी’ भनेर चिन्थे । उनी दोलखाको चरिकोटकी स्थानीय हुन् ।
आगलागी सुरु भएपछि निसास्सिएर उनको मृत्यु भएको आकलन गरिएको छ । दयाराम श्रेष्ठको घरबाट फैलिएको आगो रुकेश श्रेष्ठको घरमा पनि फैलिएको थियो । आगलागी सुरु भएपछि काठमाडौँका एसएसपी विश्व अधिकारी घटनास्थलमा पुगेका थिए । ६ वटा दमकलको सहयोगमा प्रहरी, सशस्त्र र सेनाले आगो नियन्त्रणमा लिएका छन् ।
प्रहरी वृत्त जनसेवाका डीएसपी कृष्णकुमार चन्द नेतृत्वको टोलीले आगलागीमा परेका ३ जनालाई उद्धार गरेका छन् । घटनास्थलबाट १ महिला, १ पुरुष र १ जना बच्चाको उद्धार गरिएको एसपी बोहराले बताए । आगो सवा ८ बजे नियन्त्रणमा आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०८२, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु
जुत्ता-चप्पल गोदाममा आगलागी, ७० लाखको क्षति
टिपरमा एकाएक आगलागी
फ्रान्सको जंगलमा भीषण आगलागी, महिलाको मृत्यु
चार महिनामा एक हजार बढी आगलागीका घटना
धनगढीमा भीषण आगलागीबाट आठवटा सटर जलेर नष्ट