एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग ‘प्रत्यक्ष वार्ता’ सुरु गर्न आह्वान गरेका छन्।
शनिबार साँझ क्रेमलिनबाट प्रसारित दुर्लभ टेलिभिजन सम्बोधनमा उनले भने, "हामी गम्भीर वार्ताको खोजीमा छौं ताकि द्वन्द्वको मुल कारणहरू हटाउन सकियोस् र दिगो, बलियो शान्तिको दिशामा अघि बढ्न सकियोस्।"
उनले वार्ता १५ मे देखि सुरु गर्न प्रस्ताव राखेका छन् र ढिलाइ नगरी तुरुन्तै सुरु गर्नुपर्ने बताएका छन्।
पुटिनको यो भनाइ युरोपेली नेताहरू – बेलायती प्रधानमन्त्री सर कीर स्टार्मर र फ्रान्सेली राष्ट्रपति एम्यानुएल म्याक्रोंद्वारा युक्रेन भ्रमण गरी रुसलाई निःशर्त ३० दिनको युद्धविराम स्वीकार गर्न आग्रह गरेपछि आएको हो।
यसबारे प्रतिक्रिया दिँदै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, "हामीले यसबारे सोच्नैपर्छ ।" तर उनले चेतावनी दिँदै थपे, "हामीमाथि दबाव दिन खोज्नु व्यर्थ हुनेछ।"
रुस-युक्रेन युद्ध दुई वर्षभन्दा लामो समयदेखि जारी छ, जसमा हजारौं मानिसको ज्यान गइसकेको छ र लाखौं विस्थापित भएका छन्। अब भने उच्चस्तरीय कूटनीतिक प्रयासहरू पुनः तीव्र भइरहेको बीबीसीको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २८ बैशाख २०८२, ०६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युवा वैज्ञानिकहरूलाई पुटिनले दिए राष्ट्रपति पुरस्कार
फेब्रुअरी १ सम्म किभमा आक्रमण नगर्न पुटिन सहमत
रुसी जेलमा थुनिएका फ्रान्सेली अनुसन्धानकर्ताको मुद्दाबारे ‘अध्ययन गर्ने’ पुटिनको घोषणा
युक्रेनको सन्दर्भमा हाम्रा लक्ष्य पूरा भएरै छाड्नेछन् : पुटिन
शान्ति वार्ता असफल भए थप भूमि कब्जा गर्नेे जेलेन्स्कीलाई पुटिनको चेतावनी
पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने