पोखरा । नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा सङ्घका नेता कार्यकर्ताबिच झडप भएको छ । झडपमा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा सङ्घका नेता धुर्ब श्रेष्ठ घाइते भएका छन् । पौडेलको पर्वत स्थित शान्तिदिप अस्पतालमा उपचार भइरहेको छ ।
गणेश तिमिल्सिना र पदम गिरी समूहबिच झगडा भएको बताइएको छ । गिरी पक्षले आज अधिवेशन डाकेको थियो भने तिमिल्सिना पक्षले समय सार्न माग गरेको थियो । गिरी पक्षका युवाले अधिवेशनको उद्घाटन गरेपछि तिमिल्सिना पक्षका युवाले विरोध गर्दा झडप भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ बैशाख २०८२, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युवा संघको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि