हेटौंडा । मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिका–९ अठारेमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । आज बुधवार बिहान खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको बोलेरो जिप सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
घाइते ९ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरी चौकी कान्द्राङबाट प्रहरी निरीक्षक भरतकुमार खड्काको कमाण्डमा टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो । घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेर राक्सिराङ गाउँपालिका–९ बस्ने १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उनकी श्रीमती करिब ७० वर्षकी फुलमाया घलान गम्भीर घाइते भएका छन् । फुलमायाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
यसैगरी, ३८ वर्षीय रुपबहादुर राउत, ४८ वर्षीय दिपक खड्का र ५० वर्षीय सुर्य अधिकारी पनि घाइते भएका छन् । अधिकारीको हातमा मध्यम चोट लागेको छ। १४ वर्षीय कुमार तामाङको टाउकोमा मध्यम चोट लागेको छ भने राक्सिराङ गाउँपालिका–९ का २८ वर्षीय सुजन तामाङ सामान्य घाइते भएका छन् ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ बैशाख २०८२, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पूर्वको जिप दुर्घटनापछि राजनीतिक कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण
रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो
रोल्पाको जलजलामा जिप दुर्घटना
स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइते
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
बागलुङमा जिप दुर्घटना, सात जना घाइते