नयाँदिल्ली । भारतीय सेनाले मङ्गलबार राति पाकिस्तानमा भएको हवाई आक्रमणमा आतङ्ककारी ठेगानाहरूलाई मात्रै लक्षित गरिएको स्पष्ट पारेको छ ।
भारतीय सेनाका अनुसार कुनै पनि पाकिस्तानी सैनिक आधार शिविर र ब्यारेकमाथि आक्रमण गरिएको छैन ।
भारतीय सेनालाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएअनुसार पाकिस्तान अधिनस्थ कश्मिरस्थित जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबका सेल्टरलाई मात्रै लक्ष्य बनाएर हवाई आक्रमण गरिएको छ ।
कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतङ्ककारी आक्रमणमा एकजना नेपाली नागरिकसहित २६ जना पर्यटक मारिएका थिए ।
त्यसबेला चरमपन्थीले धर्म सोध्दै गोली प्रहार गरेका थिए । यस हमलाको जिम्मा सुरुमा लश्कर–ए–तैयबको संगठन द रेसिस्टेन्स फ्रन्ट (टीआरएफ) ले लिएको थियो । तर पछि यो समूह उक्त घटनाको जिम्मेवारी लिनबाट पन्छिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ बैशाख २०८२, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै