नयाँदिल्ली । भारतीय सेनाले मङ्गलबार राति पाकिस्तानमा भएको हवाई आक्रमणमा आतङ्ककारी ठेगानाहरूलाई मात्रै लक्षित गरिएको स्पष्ट पारेको छ ।
भारतीय सेनाका अनुसार कुनै पनि पाकिस्तानी सैनिक आधार शिविर र ब्यारेकमाथि आक्रमण गरिएको छैन ।
भारतीय सेनालाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएअनुसार पाकिस्तान अधिनस्थ कश्मिरस्थित जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबका सेल्टरलाई मात्रै लक्ष्य बनाएर हवाई आक्रमण गरिएको छ ।
कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतङ्ककारी आक्रमणमा एकजना नेपाली नागरिकसहित २६ जना पर्यटक मारिएका थिए ।
त्यसबेला चरमपन्थीले धर्म सोध्दै गोली प्रहार गरेका थिए । यस हमलाको जिम्मा सुरुमा लश्कर–ए–तैयबको संगठन द रेसिस्टेन्स फ्रन्ट (टीआरएफ) ले लिएको थियो । तर पछि यो समूह उक्त घटनाको जिम्मेवारी लिनबाट पन्छिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ बैशाख २०८२, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?