काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्ट र बिचौलियाहरुको संरक्षण गर्ने मेरूदण्ड भएको बताएका छन् ।
मंगलबार सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । उनले देशमा कोही पनि सुरक्षित नरहेको समेत बताए ।
उनले भने,‘देशमा कोही पनि सुरक्षित छैनन् । कर्मचारी सुरक्षित छैनन्,सुरक्षाकर्मी सुरक्षित छैनन्,पत्रकार सुरक्षित छैनन्,स्वास्थ्यकर्मी सुरक्षित छैनन्,शिक्षकहरू सुरक्षित छैनन्, युवाहरू सुरक्षित छैनन्,कलाकारहरू सुरक्षित छैनन्,उद्योग व्यवसायीहरू सुरक्षित छैनन् । सिर्फ यो देशमा भ्रष्ट बिचौलियाहरू मात्रै सुरक्षित छन्। त्यसैले भन्छु यो सरकार भ्रष्ट र बिचौलियाको संरक्षण गर्ने एउटा मेरुदण्ड हो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ बैशाख २०८२, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ज्ञानेन्द्रको प्रस्ताव- जनप्रतिनिधि र कर्मचारीले नेपाली उत्पादनकै कपडा लगाउनुपर्ने व्यवस्था गरौं
ज्ञानेन्द्र शाहीको प्रश्न- आकाश-पाताल खोजेर पनि ल्याउँछु भन्नुहुन्थ्यो, खोई जीबी राई खोजेको