काठमाडौँ । राष्ट्रियसभाको बैठक सोमबार अपराह्न एक बजेर १५ मिनेटसम्मका लागि स्थगित भएको छ । आज बसेको राष्ट्रियसभाको बैठकले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गर्यो ।
प्रतिवेदन विकास आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले सभामा पेस गरेकी थिइन् । यो प्रतिवेदन सभाले २०७९ चैत ८ गते स्वीकृत गरेको सङ्कल्प प्रस्ताव हो । प्रतिवेदनमा उठेका विषयमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जवाफ दिएका थिए ।
त्यस्तै सभामा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ र भन्सार विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू टेबुल गरे ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘संवैधानिक परिषद् ‘काम, कर्तव्य, र अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरे । त्यो प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । विधेयकमा संशोधनको समय पनि सभाले खुला गरेको छ ।
सभामा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूलाई रुलिङ गरे । उनले नियमावलीले तोकेको समयभित्र सभामा उपस्थित भएर जवाफ दिन मन्त्रीहरूको ध्यानाकर्षण गराएका हुन् ।
त्यस्तै सभाले भारतको उडिसा राज्यस्थित कालिङ इन्स्टिच्युट अफ इन्डस्टरियल टेक्नेलोजी (किट) मा अध्ययनरत छात्रा प्रिसा साहको मृत्युबारे निष्पक्ष सत्य तथ्य छानबिन निजलाई उचित न्याय प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०८२, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
राष्ट्रियसभा बैठक बिहिबार सवा १२ बजेसम्मका लागि स्थगित
राष्ट्रियसभा बैठक पनि अवरुद्ध
दलितको घर भत्काइएको घटना : छानबिन गर्न संसदीय समिति गठनको माग
राष्ट्रियसभाको बैठक आइतबार बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
राष्ट्रियसभा बैठक सुरु, यस्ता छन् कार्यसूची