राष्ट्रियसभा बैठकको समय परिवर्तन

सफल खबर संवाददाता

मंगलबार, १७ भदौ २०८२, १४ : ४१
राष्ट्रियसभा बैठकको समय परिवर्तन

काठमाडौँ । मङ्गलबार अपराह्न १ः१५ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठकको समय परिवर्तन भएको छ । आजै दिउँसो सवा ३ बजे बस्ने गरी बैठकको समय परिवर्तन गरिएको हो । 

विशेष कारण देखाउँदै बैठक बस्ने समय परिवर्तन भएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सङ्घीय निजामती विधेयक पेस हुँदै छ । यसअघि आजै विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथि सहमति जुटेको थियो ।