कपिलवस्तु । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा १० जना घाइते भएका छन् । शिवराज नगरपालिका १ उमरी चोकमा बस र ट्रक एक आपसमा ठोक्किँदा बसमा सवार १० जना घाइते भएका हुन्।
बुटवलबाट सुर्खेततर्फ गइरहेको लु २ त ६८१५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ७ ख ६४५९ नम्बरको ट्रक एक आपसमा ठोक्किएको थियो। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजनबिक्रम शाहले दुर्घटनामा मुगुकी २० वर्षीया रमना बिक गम्भीर घाइते भएकी बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०८२, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते