कपिलवस्तु । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा १० जना घाइते भएका छन् । शिवराज नगरपालिका १ उमरी चोकमा बस र ट्रक एक आपसमा ठोक्किँदा बसमा सवार १० जना घाइते भएका हुन्।
बुटवलबाट सुर्खेततर्फ गइरहेको लु २ त ६८१५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ७ ख ६४५९ नम्बरको ट्रक एक आपसमा ठोक्किएको थियो। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजनबिक्रम शाहले दुर्घटनामा मुगुकी २० वर्षीया रमना बिक गम्भीर घाइते भएकी बताएका छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०८२, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन