काठमाडौँ। यो साता सेयर बजार १.३१ प्रतिशत घटेको छ । गत साता २६५८ अंकमा रहेको बजार यो साता ३५ अंक घटेर २६२३ मा झर्यो ।
बिहीबार मजदुर दिवसका कारण सार्वजनिक बिदा परेसँगै यो साता ४ दिन कारोबार भयो । तीन दिन बजार घट्यो । पहिलो दिन आइतबार ३.५८ अंक बढेको बजार सोमबार १.५३, मंगलबार १५.०८ र बुधबार ८.१४ अंक घट्यो ।
बजार घटे पनि कारोबार रकम उल्लेख्य छ । आइतबार १० अर्ब ८७ करोडको कारोबार भएकोमा सोमबार ८ अर्ब ९१ करोड, मंगलबार ७ अर्ब ५७ करोड र बुधबार ९ अर्ब ३७ करोडको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०८२, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार