ओलीलाई सिंहदरवारभन्दा बालुवाटार नै प्यारो

सरकारका निर्णय, दिनानुदिनका गतिविधि, आवधिक योजना र नीति–नियम तर्जुमा बालुवाटारमै बन्न थालेका छन्

सफल खबर संवाददाता

शुक्रबार, १९ बैशाख २०८२, ०९ : २९
ओलीलाई सिंहदरवारभन्दा बालुवाटार नै प्यारो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई सिंहदरवार होइन, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्यारो लाग्ने गरेको छ । उनलाई बालुवाटार प्यारो अहिले मात्रै लागेको होइन, यस अगाडी प्रधानमन्त्री हुँदा पनि उत्तिकै प्यारो लग्ने गरेको थियो ।

झण्डै–झण्डै यस अगाडी बालुवाटारलाई उनले पार्टी कार्यालय नै बनाएका थिए । त्यही परम्परा उनले फेरि फागुनयता शुरु गर्न थालेका छन् । आफुभन्दा अगाडीका प्रधानमन्त्रीले सिंहदरवारलाई नै प्रशासनिक काम गर्ने केन्द्रीय थलो बनाईरहेका बेला लगत्तै बालुवाटारलाई मनमौजी थलो बनाउन हिक्मत नगरीहालेपनि क्रमशः ओलीले सिंहदरवारको अखडा बालुवाटारनै सार्ने गरेका छन् । गत वर्षको ३१ असारमा प्रधानमन्त्रीको रुपमा सपथ लिएपछि उनले फागुनबाट भने अडडा बालुवाटार बनाउन थालेका छन् ।

उनी प्रधानमन्त्री भएयता अहिलेसम्म ५२ पटक मन्त्रिपरिषद्को बैठक बसेको छ । आज बस्ने बैठक ५३ औं हुनेछ । सरकारको तर्फबाट आज संघीय संसदमा प्रस्तुत हुने नीति तथा कार्यक्रम पारित गर्न बस्ने बैठक ५३ औं हुनेछ । यो बैठक बिहान १० बजेका लागि बोलाईएको छ ।

यो बैठक छोडेर हेर्ने हो भने ५२ पटक मन्त्रिपरिषद्को बैठक ओली अहिले प्रधानमन्त्री भएयता बसेको छ । तर त्यसमध्येको २० वटा बैठक त सिंहदरवारमा होइन, प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको छ । ओलीले आफुभन्दा अगाडीका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरवारमै पुगेर थालेको काम गराईलाई पहिल्यै मिच्न नसकेपछि सुरुका दिनमा सिंहदरवारबाटै काम गर्न खोजेपनि फागुन यता भने सिंहदरवारमा बैठक हुन छोडेको छ । ओलीको सिंहदरवारको उपस्थिती पातलिँदै जान थालेको छ । उनी मनित्रपरिषद्को बैठक समेत अहिले बालुवाटारमै बोलाउन थालेका छन् ।

सिंहदरबारमै बसेर गर्नुपर्ने सरकारका निर्णय, दैनन्दिनका गतिविधि, आवधिक योजना र नीति–नियम तर्जुमा ओलीले बालुवाटारमै बसेर बनाउन थालेका छन् । आकस्मिक बाहेक बालुवाटारमा बैठक बसिदैन । देशको प्रसाशनिक बागडोर खासमा सिंहदरबारबाट चल्नुपर्ने हो । तर ओलीका हकमा यो नियम लाग्दैन ।

पहिले एमाले र माओवादी पार्टी एकता भएर नेकपा बनेको बेला पनि ओली प्रधानमन्त्री भएका थिए । त्यसबेला त झन् ओलीले सिंहदरवार टेक्न नै खोजेनन् । प्रायः सरकारका कामकारवाही मात्र होइन, पार्टी काम र बैठक समेत बालुवाटारबाटै चलाउँथे । उनको यो शैलीको निक्कै आलोचना पनि भएको थियो ।

सिंहदरबारमै बसेर गर्नुपर्ने सरकारका निर्णय, दैनन्दिनका गतिविधि, आवधिक योजना र नीति–नियम तर्जुमा ओलीले बालुवाटारमै बसेर बनाउन थालेका छन् । आकस्मिक बाहेक बालुवाटारमा बैठक बसिदैन । देशको प्रसाशनिक बागडोर खासमा सिंहदरबारबाट चल्नुपर्ने हो । तर ओलीका हकमा यो नियम लाग्दैन ।

त्यसपछिका प्रधानमन्त्रीहरुले त्यसलाई ओलीले चलाएको परम्परा व्रेक गरिदिए । सिंहदरवारमै पुगेर काम गर्न थाले । अझ माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री भएका बेला बालुवाटारलाई निवास र आकस्मिक भेटघाटको मात्र थलो बनाए । मन्त्रिपरिषद् देखि सरकारका दैनिक कामकारवाही, भेटघाट सबै सिुंहदरवारबाटै गरे ।

प्रचण्डको यो कार्यशैलीको सर्वत्र स्वागत पनि भएको थियो । प्रधानमन्त्री आफै सिंहदरवार पुगेर प्रधानमन्त्री कार्यालयमा दैनिक पुग्ने, बस्ने, भेटघाट त्यहीबाट गर्ने, मन्त्रिपरिषद्का बैठक सिंहदरवारमै गर्ने गरेका थिए । तर ओलीलाई बालुवाटार नै प्यारो लाग्ने विगतको रोग यसपटक पनि सरेको छ ।

उनले सुरुमा सिहंदरवारमा बैठक राख्न खोजेपनि अहिले त्यसलाई तोडिसकेका छन् । अझ बैठक बालुवाटारमा राख्ने त्यो पनि साँझ परेपछि बोलाएर अबेर राती सुरु गर्ने क्रम ओलीले देखाउन थालेका छन् ।

प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद् तीन राज्यमन्त्रीसहित २५ सदस्यीय छ। गत असार १७ गते नेपाली कांग्रेससँग सातबुँदे सहमति भएर असार ३० गते प्रधानमन्त्री नियुक्त

बालुवाटारको प्रयोजन निवासको मात्रै हो। त्यहाँ बैठक राख्ने चलन उचित होइन । कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला जस्तो सुकै अवस्था आईलागेपनि प्रधानमन्त्री हुँदा मनित्रपरिषद्को बैठक सिंहदरवारमै बोलाउथे । त्यसपछि प्रचण्डले पनि आकस्मिक बाहेकका बैठक सिंहदरवारमै बोलाए । तर ओली बालुवाटारमै बैठक बोलाउन रुचाउँछन् ।

प्रधानमन्त्री आफै सिंहदरवार कम पुग्ने, मनित्रपरिषद्को बैठक समेत बालुवाटारमै बोलाउन लागेपछि मन्त्रीहरुको पनि सिंहदरवारको उपस्थिती कमै देखिने गरेको मन्त्रालयका सचिवहरु बताउँछन् । यो क्रमले शुसासन र पारदर्शीतामा प्रश्न उठने गरेको कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस