युरोपा लिग : सेमिफाइनलमा इङ्लिस क्लबलाई सफलता

सफल खबर संवाददाता

शुक्रबार, १९ बैशाख २०८२, ०८ : २२
युरोपा लिग : सेमिफाइनलमा इङ्लिस क्लबलाई सफलता

एजेन्सी  । युरोपा लिग फुटबलको पहिलो लेग सेमिफाइनलमा दुवै इङ्लिस क्लबले सफलता पाएका छन्। म्यानचेस्टर युनाइटेडले १० खेलाडीमा सीमित एथलेटिक क्लबलाई ३-० ले हरायो।

सान मेम्पेस रङ्गशालामा भएको खेलमा भ्रमणकारी म्यानचेस्टरका लागि खेलको ३० औँ मिनेटमा कासिमेरोले हेड गोल गरे। ३७ औँ मिनेटमा डानी भिभियनले रासमस हजलन्डलाई फल प्रहार गरेपछि प्राप्त गरेको पेनाल्टीलाई ब्रुनो फर्नान्डेजले गोलमा परिणत गरे। भिभियनले भने रातो कार्ड पाए। फर्नान्डेजले पहिलो हाफमा अन्त्यमा तेस्रो गोल गरे।

युरोपा लिगको अर्को सेमिफाइनलमा टोटनहाम हस्टस्पर्सले टोटनहाम हस्टस्पर्सले बोडा गिल्प्टलाई ३-१ ले हरायो।सन् २००८ पछि पहिलो पटक उपाधिको सम्भावना देखिएको टोटनहामले ३८ औँ सेकेन्डमा अग्रता लिएको थियो।

रिचार्लीसनको क्रसमा ब्रेनन जोन्सनले हेड गोल गरेका थिए। जेम्स मेडिसनले दोस्रो गोलको अग्रता दिलाएको खेलमा डोमिनिक सोलान्केले गोल गर्दै टोटनहामको अग्रता अझ फराकिलो बनाएका हुन्। बोडोका साल्टनेसले ८३ औँ मिनेटमा गोल गरे।

प्रतिक्रिया दिनुहोस