काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालका समस्त श्रमजीवी जनताका मुक्तिका निम्ति तथा अग्रगति,प्रगतिका निम्ति अझ ठूला सफलताहरू प्राप्त गर्न सकियोस् भन्दै अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गरेका छन्।
उनले श्रमिक दिवसको अवसरमा एक विज्ञाप्तीमार्फत श्रमिक वर्गले नै नेपाली समाजको क्रान्तिकारी रूपान्तरण र परिवर्तनको नेतृत्वदायी शक्तिको भूमिका खेल्न सक्ने बताएका हुन् । हाम्रो देशमा श्रमिक वर्गले आफ्नो अग्रदूत नेपाल कम्युनिष्ट पार्टी मार्फत नेपालको पुँजीवादी–जनवादी क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गरिसकेको छ । अहिले हामी समाजवादी क्रान्ति र रूपान्तरको नयाँ ऐतिहासिक प्रक्रियाबाट अघि बढिरहेका छौँ । देशमा पुँजीवादी क्रान्ति भएको पनि १९ वर्ष भइसकेको छ । जनताको आर्थिक अवस्था सुधार हुनुको सट्टा श्रमिक वर्ग माथि दलाल पुँजीवादी शोषण र उत्पीडन झन् झन् चर्को बन्दै गएको छ । मुलुकको कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायत राष्ट्रियताका क्षेत्रहरू संकटग्रस्त बन्दै गएका छन । विज्ञाप्तीमा उल्लेख गरेको छ ।
श्रमजीवी जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, बीमा र सामाजिक सुरक्षा मात्र पनि पाउन सकिरहेका छैनन् । त्यसले गर्दा हाम्रो देशका युवा श्रमिकहरू प्रति दिन हजारौँको संख्यामा रोजगारीको खोजीमा विदेश जान बाध्य भइरहेकोसमेत बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ बैशाख २०८२, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी