काठमाडौं । रेशम चौधरी पक्राउ र रिहाले बुधबार दिनभर राष्ट्रिय राजनीति तरंगित भयो । पूर्वी तराईमा सशक्त बनेको जनमत र पश्चिम तराईमा प्रभावशाली रहेको नागरिक उन्मुक्ति पार्टी एकीकरण घोषणा गर्ने दिन कार्यक्रमस्थल पुगेका चौधरी पक्राउमा राज्यको अनुमति रहेको बुझन सकिन्छ ।
एउटा कर्मचारीले अधिकार दुरुपयोग गरी किर्ते पत्र बनाई चौधरी पक्राउ परेपनि उनलाई पक्राउ गर्दा गृहमन्त्री र प्रधानमन्त्रीसम्मको अनुमति नलिई पक्राउ गर्नसक्ने प्रहरीमा आँट छैन । एक प्रहरी स्रोतका अनुसार, राजनीतिमा जोडिएका र सत्तामा रहेका पार्टीका सामान्य कार्यकर्ता पक्राउ गर्नुपर्दा त गृहमन्त्री⁄प्रधानमन्त्रीसम्मको पूर्व स्वीकृत खोज्ने नेपाल प्रहरीले चौधरीलाई पत्रका आधारमा मात्र पक्राउ गरेको थिएन ।
चौध्रीलाई पक्राउको अनाधिकृत पत्र सर्वाेच्च बाट आएपनि पक्राउ गर्नु अगाडी गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी ओलीसँग वा यी दुईमध्ये एकको अनुमति बिना पक्राउ गर्ने आाट प्रहरीमा हुँदैन । प्रहरीले माथिल्लो निकायको अनुमति लिएरै चौधरी पक्राउ गरेको प्रहरी स्रोतको भनाई छ ।
वरिष्ठ अधिवक्ता शम्भु थापा देखि मानवअधिकारवादी नेता कृष्ण पहाडीसम्म पनि चौधरी पक्राउ गर्दा प्रहरीले माथिल्लो निकायसँग परामर्श गरेरै आँट गरेको हो । अन्यथा त्यसरी प्रहरीले सत्ताधारी दलका नेता चौधरीलाई पक्राउ को आँट गर्ने थिएन ।
चौधरीको पार्टी र एकता प्रक्रियामा रहेको जनमत दुवै पार्टी केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरेको पार्टी हो ।
मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा कांग्रेस एमालेसमेत सरकारमा छन् । केन्द्रमा केपी ओली नेतृत्वको सरकारमा एक जना राज्यमन्त्री यही पार्टीबाट छ ।
यी दुई पार्टी एकतापछि संघीय संसदको प्रतिनिधिसभामा छैटौं ठूलो दल बन्न लागेको थियो । मधेसमा निर्णायक बन्ने अवस्थामा थियो । सत्ताधारी दललाई यी दुई पार्टी मधेस सरकार निर्माणका लागि आवश्यक रहेपनि एकीकरण गर्न लागेको चित्त बुझेको छैन । जसकाकारण पनि पार्टी एकता घोषणा हुन लागेको कार्यक्रमस्थलबाट रेशम चौधरीलाई पक्राउ गरिएको देखिएको छ ।
प्रधानमन्त्री र गृहमन्त्रीसम्मको कुनै न कुनै संकेत पछि मात्र प्रहरीले चौधरी पक्राउ गरेको कुरा लुकाउन सकिन्न । रशेम चौधरी दुई पार्टी एकतापछि पार्टीको संरक्षक र वरियताक्रममा पहिलो नेता बन्दै थिए । सिके राउत कार्यकारी अध्यक्ष र रशेम चौधरी पत्नी रञ्जिता श्रेष्ठ पार्टीको सहअध्यक्ष बन्दैथिइन् ।
यस्तो बेला चौधरीलाई पक्राउ गर्दा प्रहरीले माथिल्लो निकायको आदेश नलिई पक्राउ नगरेको प्रहरी स्रोतको भनाई छ । सरकारले भने अहिले आफुहरुलाई थाहा नदिई सर्वाेच्चका एक कर्मचारीले अनाधिकृत पत्र तयार पारेर प्रहरीकहाँ पठाएको र प्रहरीले त्यही पत्रका आधारमा पक्राउ गरेको जवाफ दिन थालेको छ ।
तर त्यक्ति जवाफले मात्र नपुग्ने एकीकरणमा लागेका जनमत र नागरिक उन्मुक्ति दुवै पार्टीका नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ बैशाख २०८२, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग
रेशम चौधरीलाई कारागार बुझाइयो
नाउपाका संरक्षक रेशम चौधरी पक्राउ
राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका नेता हाम्रो पार्टीका होइनन् : रेशम चौधरी