काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा नेपाली काँग्रेसका महामन्त्री गगन थापा अनुपस्थित रहेका छन् । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । जहाँ सरकारका कामकारबाहीबारे छलफल भइरहेको छ ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्र मन्त्री आरजु राणा उपस्थित छन् । एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, खानेपानी मन्त्री प्रदीप यादव, श्रम मन्त्री शरदसिंह भण्डारी बैठकमा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ बैशाख २०८२, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार लोकप्रियतामा केन्द्रित बन्यो : गगन थापा
शिक्षाको प्रमुख चुनौती दलीयकरण रहेको गगन थापाको दाबी
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा