काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तल्लो संरचनाको अधिवेशन गर्न ताकेता गरेको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले मातहतका संरचनालाई परिपत्र गरेर निर्धारित समयमा अधिवेशन गर्न निर्देशन गरेका छन् ।
प्रदेश, जिल्ला, पालिका र वडा तहलाई पत्र लेखेर समिति गठन, आवश्यक संगठन निर्माण अभियान सञ्चालन र संगठन परिपक्व बनाई अधिवेशन गर्न निर्देशन दिएको बुर्लाकोटीले बताए । यही वैशाखको अन्तिम साता गर्ने गरी पूर्व निर्धारित महाधिवेशनलाई रास्वपाले फागुनमा सारेको छ ।
तल्लो तहका अधिवेशन निर्धारित मितिमा नसकिएपछि महाधिवेशनको समय सारिएको छ । ७ देखि ९ फागुनसम्म चितवनमा महाधिवेशन गर्ने गरी नयाँ मिति तोकिएको छ । ४ वैशाखमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रदेखि वडा अधिवेशनको नयाँ मिति तोकेको थियो ।
नयाँ समय तालिका अनुसार असोजसम्म वडा, कार्तिकमा पालिका, मंसिरमा जिल्ला, माघमा १५ प्रदेश अधिवेशनको समय तोकिएको छ ।‘आफ्नो जिम्मेवारीमा रहेको तहगत अधिवेशन समयमा नै सम्पन्न गर्न सकिने कार्यतालिका बनाई एक तह माथि बुझाउने व्यवस्था गर्न गराउनु हुन, यो निर्देशन वडा तहसम्म सम्प्रेषण गराउन हुन र २०८२ वैशाख १५ गतेभित्र सबै प्रदेशको तर्फबाट प्रस्तावित तालिका तयार गरी केन्द्रीय संगठन विभागमा पठाउनु हुन निर्देशन गरिन्छ,’ बुर्लाकोटीले पठाएको पत्रमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ बैशाख २०८२, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि कारागारबाट बाहिरिएपछि पुराना दलहरू आत्तिए : रास्वपा
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन
रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
यी हुन् रास्वपा समानुपातिकतर्फ मधेश प्रदेशका प्रारम्भिक उम्मेदवार (सूचीसहित)
रास्वपाको समानुपातिक सांसद बन्ने होड : आवेदन दिएका सातै प्रदेशका उम्मेदवारको सूची प्रकाशित