काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तल्लो संरचनाको अधिवेशन गर्न ताकेता गरेको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले मातहतका संरचनालाई परिपत्र गरेर निर्धारित समयमा अधिवेशन गर्न निर्देशन गरेका छन् ।
प्रदेश, जिल्ला, पालिका र वडा तहलाई पत्र लेखेर समिति गठन, आवश्यक संगठन निर्माण अभियान सञ्चालन र संगठन परिपक्व बनाई अधिवेशन गर्न निर्देशन दिएको बुर्लाकोटीले बताए । यही वैशाखको अन्तिम साता गर्ने गरी पूर्व निर्धारित महाधिवेशनलाई रास्वपाले फागुनमा सारेको छ ।
तल्लो तहका अधिवेशन निर्धारित मितिमा नसकिएपछि महाधिवेशनको समय सारिएको छ । ७ देखि ९ फागुनसम्म चितवनमा महाधिवेशन गर्ने गरी नयाँ मिति तोकिएको छ । ४ वैशाखमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रदेखि वडा अधिवेशनको नयाँ मिति तोकेको थियो ।
नयाँ समय तालिका अनुसार असोजसम्म वडा, कार्तिकमा पालिका, मंसिरमा जिल्ला, माघमा १५ प्रदेश अधिवेशनको समय तोकिएको छ ।‘आफ्नो जिम्मेवारीमा रहेको तहगत अधिवेशन समयमा नै सम्पन्न गर्न सकिने कार्यतालिका बनाई एक तह माथि बुझाउने व्यवस्था गर्न गराउनु हुन, यो निर्देशन वडा तहसम्म सम्प्रेषण गराउन हुन र २०८२ वैशाख १५ गतेभित्र सबै प्रदेशको तर्फबाट प्रस्तावित तालिका तयार गरी केन्द्रीय संगठन विभागमा पठाउनु हुन निर्देशन गरिन्छ,’ बुर्लाकोटीले पठाएको पत्रमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ बैशाख २०८२, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन ७ गते आफ्नो वाचापत्र सार्वजनिक गर्ने रास्वपाको निर्णय
रास्वपाका नेता प्रणय शमशेरले त्यागे पार्टी सदस्यता
बालेन्द्र शाह आज पुर्ख्यौली गाउँ महोत्तरीको एकडारा पुग्दै
चुनावको मुखमै रास्वपा सभापति रवि लामिछाने भारत जाँदै
फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने रास्वपाको तयारी
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुने रास्वपाको विश्वास