काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले राज्य अधिनायकवाद तर्फ हिँडिरहेको भान भएको बताएकी छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘राज्य अधिनायकवाद तर्फ हिँडिरहेको हो कि भन्ने भान भइरहेको छ । सरकार बहुमतको अत्याचारतिर त गइरहेको छैन ?’
पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेकी सांसद श्रेष्ठले शिक्षक आन्दोलनमा दमन भएको भन्दै सरकारको ध्यानाकर्षण गरिन् । शिक्षकलाई पनि दलको सदस्यता त्याग्न उनको आग्रह छ । ‘शिक्षकहरू तपाईँ दलको सदस्यता लिएर कार्यकर्ता बन्नुहुन्छ । त्यसपछि उठबस भन्दा त्यसो गर्नुपर्ने हुन्छ । शिक्षक दलको सदस्य हुन हुँदैन,’ उनले भने ।
शिक्षकमाथि भएको दमनप्रति समीक्षा गर्दै उनीहरूका माग सम्बोधन गर्नेतिर ख्याल गर्न सरकारलाई उनको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ बैशाख २०८२, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन’: सांसद सुमना श्रेष्ठ
शिक्षा विधेयकमा विद्यार्थीको मतलाई बेवास्ता गरियो : सुमना श्रेष्ठ
निजामती विधेयकमा कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्किन खोजे : सुमना श्रेष्ठ
शिक्षामा जुत्ता बेचेजस्तो मुनाफा गर्न हुँदैन : सुमना श्रेष्ठ
भारत-पाकिस्तान तनावग्रस्त क्षेत्रबाट नेपाली विद्यार्थी उद्धार गर्न माग
रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा