काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले सरकारले शिक्षकहरूको आन्दोलनमा गरेको दमनप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले शिक्षकहरूमाथि आफ्नो शक्ति प्रदर्शन गरेको अर्यालले आरोप लगाएका हुन् ।
उनले भने, ‘विभिन्न माग राख्दै विभिन्न पक्ष सडकमा छन्, तर सरकारले त्यो आन्दोलनलाई देख्दैन । सरकार दमन र शक्ति प्रदर्शनमा लागिरहेको छ । हिजो शिक्षकहरूमाथि भएको दमनबारे रास्वपाले सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ खेद प्रकट गर्दछ ।’
हिजो भएको झडपमा घाइते भएकाहरूको नि:शुल्क उपचारको व्यवस्था गराउन माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ बैशाख २०८२, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि कारागारबाट बाहिरिएपछि पुराना दलहरू आत्तिए : रास्वपा
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन
रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
यी हुन् रास्वपा समानुपातिकतर्फ मधेश प्रदेशका प्रारम्भिक उम्मेदवार (सूचीसहित)
रास्वपाको समानुपातिक सांसद बन्ने होड : आवेदन दिएका सातै प्रदेशका उम्मेदवारको सूची प्रकाशित