काठमाडौं । प्रतिनिधि सभाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गर्दैछ । बिहान ११ बजे बस्ने बैठकमा विधेयक पारित गर्ने कार्यसूची छ । पारित गर्नु अगाडि सभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
सांसदहरूले विधेयकका सम्बन्धमा आफ्नो धारणा राख्नेछन् । त्यसको जवाफ शिक्षामन्त्री पन्तले दिनेछन् । त्यसपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
यो विधेयक राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयक हो । २१ असोज २०८० मा राष्ट्रिय सभामा दर्ता भएको थियो । राष्ट्रिय सभाले २९ माघ २०८० मा पारित गरेर प्रतिनियधि सभामा पठाएको थियो । प्रतिनिधि सभाले पनि आज पास गर्ने कार्यसूची छ ।
प्रतिनिधि सभाबाट पारित भएपछि पुनः राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभा अध्यक्ष हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कार्यान्वयनमा आउँछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ बैशाख २०८२, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठक आह्वानको तयारी गरिँदै
प्रतिनिधि सभा निर्वाचनको मतदान सुरु
जेनजी आन्दोलनपछिको प्रतिनिधि सभा निर्वाचन आज
प्रतिनिधि सभा निर्वाचनका अवसरमा तीन दिने सार्वजनिक बिदा घोषणा
प्रतिनिधि सभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण
प्रतिनिधि सभा निर्वाचनका लागि नेकपाको चुनावी घोषणापत्र अन्तिम तयारीमा