काठमाडौं । प्रतिनिधि सभाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गर्दैछ । बिहान ११ बजे बस्ने बैठकमा विधेयक पारित गर्ने कार्यसूची छ । पारित गर्नु अगाडि सभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
सांसदहरूले विधेयकका सम्बन्धमा आफ्नो धारणा राख्नेछन् । त्यसको जवाफ शिक्षामन्त्री पन्तले दिनेछन् । त्यसपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
यो विधेयक राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयक हो । २१ असोज २०८० मा राष्ट्रिय सभामा दर्ता भएको थियो । राष्ट्रिय सभाले २९ माघ २०८० मा पारित गरेर प्रतिनियधि सभामा पठाएको थियो । प्रतिनिधि सभाले पनि आज पास गर्ने कार्यसूची छ ।
प्रतिनिधि सभाबाट पारित भएपछि पुनः राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभा अध्यक्ष हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कार्यान्वयनमा आउँछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ बैशाख २०८२, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च पुग्यो एमाले
प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ
प्रतिनिधि सभा पुनर्स्थापनाका लागि एमाले अदालत जाने
संसद् सचिवालयद्वारा प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारवाहीको विवरण सार्वजनिक