काठमाडौ । पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा जिप चालकसहित दुई जना घाइते भएका प्रहरीले जनाएको छ।
गएराति रैनादेवी छहरा गाउँपालिका(१ सिद्धेश्वरमा लु ३ च २३७७ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
पाल्पाकै असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको जिप आइतबार राति सवा १० बजेतिर आफैँ अनियन्त्रित भई सडकबाट करिब दुईसय मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा रैनादेवी १ का ३१ वर्षीय चेतनारायण विक, ३६ वर्षीय दीपेन्द्र बुढा र २२ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी सुनिल मल्लले जानकारी दिए।
दुर्घटनामा जिप चालक २७ वर्षीय रञ्जन रेश्मी मगर र २२ वर्षीय सरोज बुढा घाइते छन्। घाइतेमध्ये मगरको अवस्था गम्भीर छ।
उनीहरुको लुम्बिनी अस्पताल र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ बैशाख २०८२, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दारको मृत्यु
हेटौँडामा यात्रुबसले कार र ट्यांकरलाई ठक्कर दिँदा १० जना घाइते
बागलुङ जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर
मोटरसाइकल ट्रलीमा ठोकिँदा एकको मृत्यु, एक घाइते