काठमाडौं । गत चैत १५ गते काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीको लुटपाटमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको आरोपप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । गत चैत १५ गते राजतन्त्र पक्षधरहरूले तीनकुनेमा प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रदर्शनकारीले कोटेश्वरको भाटभटेनीमा लुटपाट गरेका थिए ।
उक्त कार्यमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा समेत संलग्न रहेको र पक्राउ परेको राप्रपाका अध्यक्ष लिङ्देनले आरोप लगाएका थिए । यही वैशाख १२ गते प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले सहमहामन्त्रीका छोरा पक्राउ समेत परेको र नेताको छोरा भन्ने थाहा पाएपछि छाडिएको बताएका थिए ।
उक्त भनाइको कांग्रेसले विरोध गरेको हो । आइतबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले आपत्ति जनाएका हुन् ।‘राप्रपाका अध्यक्षज्युले चैत १५ को घटनामा भाटभटेनीमा जो लुटपाट भयो । त्यो लुटपाटमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको प्रमाण छ । भिडियो फुटेज छ । पक्राउ गरियो र छोडियो भन्नुभयो’ घिमिरेले स्मरण गरे ।
सत्तारुढ दलमा सहमहामन्त्री भन्ने पद कांग्रेसमा मात्रै रहेको उल्लेख गर्दै उनले लिङ्देनले कांगेसलाई नै इंकित गरेको बताए । अगाडि भने, ‘कुन चाहीँ सहमहामन्त्रीको छोराले रक्सीको बोतल बोकेको हो त्यो भन्नुपर्छ । होइन भने क्षमा याचना गर्नुपर्छ र उहाँको भनाइ संसुदीय रेकर्डबाट हटाउनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०८२, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी