काठमाडौ । स्कुटर दुर्घटनामा परेर नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल गम्भीर घाइते भएका छन्।
आज शनिबार बिहान ८ बजेतिर आफैँले चलाएको स्कुटर ब्रेकफेल हुँदा हेटौँडा उपमहानगरपालिका-५ स्थित पुष्पलाल पार्कअगाडि उनी दुर्घटनामा परेका हुन्।
बागमती प्रदेश ०३–००१ प ५८०७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए।
उनका अनुसार अध्यक्ष पोखरेललाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ।
टाउको, निधार तथा दायाँ हातमा चोट लागेका उनलाई तत्कालै उद्धारर गरी अस्पताल लगिएको डीएसपी अर्यालले बताए।
अचेत अवस्थामा रहेका पोखरेलको उपचार आईसीयूमा भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते