काठमाडौँ । काठमाडौँबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको रात्रिबस आज बिहान ५:३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा बसमा सवार २२ जना यात्रु घाइते भएका छन्।
घाइतेको उपचार बिर्तामोडस्थित विर्तासिटी हस्पिटल र बी एन्ड सी हस्पिटलमा उपचार भइरहेको उनले बताए।
दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए।जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक छ।
‘म ड्राइभरको सिट पछाडि नै थिएँ’, घाइते शिक्षक भण्डारीले भने, ‘अघिदेखि नै गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो। एक्कासि गाडी सडकबाट पल्टियो। मुस्किलले बाँचियो। गाडीबाट इन्धन पोखिरहेको देखेपछि घाइते अवस्थामै मैले अरू घाइतेलाई गाडीबाट छिटोछिटो उद्धार गरेर बाहिर निकालेँ।’
बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालय टोली घटनास्थलमा पुगेको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दारको मृत्यु
हेटौँडामा यात्रुबसले कार र ट्यांकरलाई ठक्कर दिँदा १० जना घाइते
बागलुङ जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर
मोटरसाइकल ट्रलीमा ठोकिँदा एकको मृत्यु, एक घाइते