एएफपी । भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली हानाहान भएको छ। बिहीबार राति दुई पक्षबीच गोली हानाहान भएको भारतीय टेलिभिजन संस्था एनडिभीले जनाएको छ।‘लाइन अफ कन्ट्रोल क्षेत्रमा केही फायरिङ भएको थियो। फायरिङको प्रभावकारी रूपमा फायरिङ गरिएको छ,’ सैनिक स्रोतले एनडिटिभीसँग भनेको समाचारमा उल्लेख छ।
भारतको जम्मू-कास्मिरस्थित पहलगाम क्षेत्रमा आतंकवादी समूहले २६ जनाको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध थप चिसिएको हो। गत मंगलबार पहलगामको पर्यटकीय क्षेत्रमा हमला हुँदा बुटवलका सुदीप न्यौपानेको मृत्यु भएको हो।
पाकिस्तान नियन्त्रित कास्मिरका अधिकारी सइद अश्फाक जिलानीले पनि राति फारियङ भएको एएफपीसँग बताएका थिए।तीन जना भारतीय सैनिकले रोयटर्सलाई दिएको जानकारी अनुसार सुरूमा पाकिस्तानी सेनाले सुरूमा भारतीय क्षेत्रमा गोली प्रहार गरेका थिए।
पहलगाम हमलापछि भारतीय सेनाले ‘सर्च एन्ड डिस्ट्रोइ’ अपरेशन सञ्चालन गरेको छ। सर्भिलेन्स ड्रोन र सैनिकहरू कास्मिर क्षेत्रमा परिचालन गरेको छ।अहिले तीन जना आतंकवादीको खोजीका लागि सेना परिचालन भएको हो।
शुक्रबार मात्रै भारतीय अधिकारीले कास्मिर क्षेत्रमा बस्दै आएका आरोपीका दुई वटा घर भत्काएको छ। दुई देशबीचको सम्बन्ध बिग्रिएपछि संयुक्त राष्ट्रसंघले भारत र पाकिस्तानलाई संयमता अपनाउन अनुरोध गरेको छ।
‘अधिकतम संयमता अपनाउन र परिस्थिति र घटनाक्रम थप बिग्रिन नदिन सुनिश्चितताका लागि हामी दुबै सरकारलाई अपिल गर्न चाहान्छौं,’ राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले भने,‘ हामी दुई देशबीचको कुनै पनि समस्या शान्तिपूर्ण आपसी संलग्नताले समाधान गर्न सकिन्छ भन्नेमा विश्वास गर्छौं।’
बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २६ जनाको हत्या गर्नेलाई पक्राउ गरी न्याय दिलाउने बताएका थिए।‘म विश्वलाई बताउन चाहान्छु, भारतले हरेक आतंकवादी र उनलाई समर्थन गर्नेको पहिचान, ट्र्याक र कारबाही गर्नेछ,’ उनले भनेका थिए।
पाकिस्तानले भने आफ्नो संलग्नता नभएको दाबी गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १२ बैशाख २०८२, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा