काठमाडौं । नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिहरुले स्वास्थ्य मन्त्रीसँग वार्ता सुरु गरेका छन् । वार्ता मन्त्रालयमा जारी छ । वार्तामा शिक्षामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की, आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरे, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. मंगल रावल लगायत छन् ।
सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरुले आज बिहान पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।उनीहरुले शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । निजी मेडिकल कलेजले निर्वाह भत्ता नदिएसम्म नियमित चिकित्सकीय सेवा पूर्णरूपमा बन्द रहने आवासीय चिकित्सक बताउँछन् ।
चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६ औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजलाई निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेपछि आवासीय चिकित्सकहरुले अझै कडा आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ बैशाख २०८२, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
स्वास्थ्य बीमामा व्यापक दुरुपयोग भएको छ, कडाइ गरिन्छ : स्वास्थ्यमन्त्री
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउन सकिँदैनः मन्त्री पौडेल
स्वास्थ्यकर्मी उपत्यका बाहिर जानै नमान्ने मन्त्री पौडेलको गुनासो
मधेस प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गरिने