स्वास्थ्य बीमामा व्यापक दुरुपयोग भएको छ, कडाइ गरिन्छ : स्वास्थ्यमन्त्री

सफल खबर संवाददाता

आइतबार, ११ माघ २०८२, १५ : ३४
स्वास्थ्य बीमामा व्यापक दुरुपयोग भएको छ, कडाइ गरिन्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा प्रिमियम कोषको ठूलो दुरुपयोग भएको बताएकी छन् । यसलाई रोक्न तत्काल कडा उपायहरू लागु गर्ने उनको भनाइ छ ।

आफ्नो तीन महिने कार्यकालको प्रगति सार्वजनिक गर्दै उनले प्रति परिवार वार्षिक एक लाख रुपैयाँको सीमित रकम जथाभावी रूपमा सक्ने नियतले अनावश्यक स्वास्थ्य जाँच तथा उपचार गराइएको र सेवा प्रदायक संस्थाहरूले गलत नियतले पैसा असुल्ने गरेको पाइएको बताइन् l 

मन्त्री गौतमले बीमा कार्यक्रमको वित्तीय असन्तुलनलाई प्रमुख समस्या भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस