काठमाडौ । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले भोलि (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
२०७२ साल वैशाख १२ गते बारपाक केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पको स्मृतिमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै वैशाख १२ गते पालिकाभित्रका सरकारी, गैरसरकारी संस्थाका कार्यालय, विद्यालय तथा स्वास्थ्य चौकी बन्द हुने जनाएको छ।
२०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्पले बारपाकमा सबैभन्दा बढी धनजनको क्षति पुगेको थियो।
त्यसयता हरेक वर्ष पारपाक गाउँपालिकाले वैशाख १२ गते कार्यक्रम गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ बैशाख २०८२, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
भारतको हरियाणा प्रदेशमा भूकम्प
अलास्कामा शक्तिशाली भूकम्प
दिल्लीमा ४.४ रेक्टर स्केलको भूकम्प
मुगुमा फेरि भूकम्पको धक्का
मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का