काठमाडौ । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले भोलि (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
२०७२ साल वैशाख १२ गते बारपाक केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पको स्मृतिमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै वैशाख १२ गते पालिकाभित्रका सरकारी, गैरसरकारी संस्थाका कार्यालय, विद्यालय तथा स्वास्थ्य चौकी बन्द हुने जनाएको छ।
२०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्पले बारपाकमा सबैभन्दा बढी धनजनको क्षति पुगेको थियो।
त्यसयता हरेक वर्ष पारपाक गाउँपालिकाले वैशाख १२ गते कार्यक्रम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ बैशाख २०८२, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते