काठमाडौ । माओवादी केन्द्रको संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बसिरहेको छ।
भोलिदेखि सुरु हुन लागेको संसद्को बजेट अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे छलफल गर्न माओवादीले संसदीय दलको बैठक बोलाएको हो।
संघीय निजामती सेवा विधयेक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसद्मा पार्टीले खेल्ने भूमिकाका सम्बन्धमा बैठकमा छलफल भइरहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए।
शिक्षा ऐन तत्कालै जारी गर्नुपर्ने माग राखेर शिक्षकहरुले विगत २२ दिनदेखि काठमाडौँमा निरन्तर आन्दोलन गर्दै आएका छन्। शिक्षकको आन्दोलनप्रति माओवादी केन्द्रले समर्थन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ बैशाख २०८२, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन