काठमाडौं। इटहरी र सुर्खेतमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । धरान–इटहरीबीच चारकोसे जङ्गलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, तीनजना घाइते भएका छन् ।
गएराति धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश०१–०३०च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
उनका अनुसार कारमा चालकसहित चार जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते इटहरी–१ का ४० वर्षीय विष्णु राउतको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार चालक सुनसरीको रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गङ्गा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन् ।
चालक र बस्नेतको अवस्थामा सामान्य रहेको छ भने कल्याण कटुवाललाई थप उपचारका लागि विराटनगरस्थित विराट मेडिकल कलेजमा रेफर गरिएको छ । त्यसैगरी, सुर्खेतमा फोर्स गाडीको ठक्करबाट आइतबार बिहान एक पैदलयात्रीको मृत्यु भएको छ ।
कर्णाली प्रदेश ०१–००१ ख ०९१५ नम्बरको फोर्स गाडीको ठक्करबाट जुम्लाको हिमा गाउँपालिका–४ का अन्दाजी ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार गाडीको ठक्करबाट टाउकोमा चोट लागी गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दारको मृत्यु
हेटौँडामा यात्रुबसले कार र ट्यांकरलाई ठक्कर दिँदा १० जना घाइते
बागलुङ जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर
मोटरसाइकल ट्रलीमा ठोकिँदा एकको मृत्यु, एक घाइते