बुटवल । बाँकेको कोहलपुर नगरपालिका वार्ड नम्बर ११ मा रहेको एक फेन्सी पसलमा आज बिहान आगोलागी भएको छ।
बिहान साँढे ७ बजेतिर मेघराज लम्सालको दुई तले घरमा रहेको शुभलक्ष्मी फेन्सी पसलमा आगोलागी भएको हो ।
आगोलागीकाे कारण अझै खुलेको छैन। तर विद्युत् सर्ट भएर आगोलागी भएको अनुमान प्रहरीले गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरी निरीक्षक हरि भट्टराईले दुईवटा दमकल र प्रहरीले आगो नियन्त्रणमा लिएको बताए।
उनले बाहिरबाट हेर्दा करिब १५ लाख क्षति भएको अनुमान गर्न सकिने तर भित्र सामानको अवस्था हेरेपछि मात्र क्षतिको विवरण खुल्ने बताए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति
मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते
देशभर २२ स्थानमा आगलागीका घटना