बुटवल । बाँकेको कोहलपुर नगरपालिका वार्ड नम्बर ११ मा रहेको एक फेन्सी पसलमा आज बिहान आगोलागी भएको छ।
बिहान साँढे ७ बजेतिर मेघराज लम्सालको दुई तले घरमा रहेको शुभलक्ष्मी फेन्सी पसलमा आगोलागी भएको हो ।
आगोलागीकाे कारण अझै खुलेको छैन। तर विद्युत् सर्ट भएर आगोलागी भएको अनुमान प्रहरीले गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरी निरीक्षक हरि भट्टराईले दुईवटा दमकल र प्रहरीले आगो नियन्त्रणमा लिएको बताए।
उनले बाहिरबाट हेर्दा करिब १५ लाख क्षति भएको अनुमान गर्न सकिने तर भित्र सामानको अवस्था हेरेपछि मात्र क्षतिको विवरण खुल्ने बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि