घोराही । दाङमा आज साँझ बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । दश जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ति गाउँपालिका–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
घाइतेको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ बैशाख २०८२, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन