मृत्युबारेको बहस किन आवश्यक ?

एजेन्सी

सोमबार, २६ कार्तिक २०७५, १३ : ५३
मृत्युबारेको बहस किन आवश्यक ?

के हामी मृत्युबारे कहिल्यै बहस गर्छौं ? मृत्युबारे कुरा गर्नु अनौठो मानिन्छ । तर, यो धुव्रसत्य कुरा हो । त्यसैले यसलाई स्वीकार गरेर बहस गर्न जरुरी छ ।

करिब पाँच वर्षअगाडि अमेरिकी लेखक माइकल हेबबले डेथ ओभर डिनर आयोजना गरेका थिए । जसमा साथीहरूसँग डिनर गर्दै मृत्युबारे बहस गरेका थिए । त्यसपछि उनले ‘डेथ ओभर डिनर’ नामक संस्था नै स्थापना गरेका थिए । जसको उद्देश्य अनौपचारिक विषयमाथि बहस गर्नु थियो । त्यसपछि विश्वभर करिब दुई सय हजारभन्दा बढी मृत्यु डिनर पार्टी आयोजना भइसकेका छन् ।

लेखक माइकल हेबबले यसबारे पुस्तक पनि लेखेका छन् । जसमा मृत्यृलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषय उल्लेख छ । विशेषगरी, कुनै मानिसको मृत्युपछि उसको परिवारमा बढी असर पर्दछ, परिवारमा एक किसिमको लथालिंगको अवस्था सिर्जना हुन्छ । यसबारे कसरी व्यवस्थित बन्न सकिन्छ । पश्चिमी मुलुकहरूमा मानिसको सरदर आयु घटिरहेको छ, मानिसको मृत्यु विनासर्त आउँछ, जसबाट हामी पूर्ण रूपमा अनभिज्ञ हुन्छौँ । यदि बुबाको अकालमै मृत्यु भयो भने परिवारमा ठूलो खाडलको स्थिति आउँछ, आमाले तत्कालै बच्चा र घरको पूर्ण जिम्मेवारी लिन सक्ने अवस्था हुँदैन । सजिलै सबै कुरा सम्बोधन गर्न असमर्थ भइन्छ । मृत्यु आफैँमा भैपरी आउने कुरा हो । हामीले मृत्युमाथि विजय हासिल गर्न सक्दैनौँ, तर सशक्त भयौँ भने केही रूपमा नियन्त्रण भने अवश्य गर्न सकिन्छ ।

मानिस एक्लै मर्छ भन्ने कुरामा माइकल हेबब विश्वास गर्दैनन् । उनी भन्छन्, ‘यदि कोही मानिस बिरामी भएर पीडामा छटपटिएर मर्न लागेको छ भने ऊसँग कुरा गरेर हामीले मृत्युलाई सहज बनाउन सक्छौँ । धेरै मानिस मृत्यु हुनुभन्दा अगाडि नै आफूभित्रको मर्छु कि भन्ने डरको कारणले मरिसकेका हुन्छन् । तसर्थ, पहिला मानिसले मृत्युलाई सकेसम्म सहज रूपमा लिन जरुरी हुन्छ ।’

अहिले कुरा गर्नुहोस्, पछि होइन
मृत्यु हाम्रा लागि एक वास्तविकता हो । हामी कसरी तयार हुन चाहन्छौँ ? यसको सामना गर्न कति सजिलो छ ? अर्थात्, हामी मृत्युप्रति कति अनुगृहित छौँ ? तपाईं वा तपाईंको आफन्त बिरामी हुँदा या अन्य अवस्थामा तपाईं कसरी बाँच्न चाहनुहुन्छ भन्ने कुरा सोध्नु अनिवार्य छ । यदि हामी यस्तो कुरा सहज रूपमा गर्न सक्दैनौँ भने आफैँलाई दबाब दिइरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस