काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७ प्रादेशिक इन्चार्ज तोकेको छ । आज बसेको केन्द्रीय समिति बैठकले आफ्नो प्रादेशिक कमिटीहरूलाई सशक्त बनाउन सात वटै प्रदेशमा इन्चार्ज तोकेको हो ।
कोशी प्रदेशको इन्चार्जमा सन्तोष परियार चयन भएका छन् भने मधेसको जिम्मेवारी मनिष झाले पाएका छन् । बागमती इन्चार्ज लिमा अधिकारी र गण्डकीको शिशिर खनाललाई तोकिएको छ ।
यस्तै, लुम्बिनी प्रदेशमा विपिन कुमार आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाललाई इन्चार्ज बनाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
रास्वपा सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल विजयी
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित
रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत