तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन सडकमै केरा रोपेर विरोध जनाइएको छ ।
बोलपत्र आह्वान भएको तीन वर्ष बित्दा पनि सडक निर्माण नभएको भन्दै स्थानीय युवाहरूले विरोध जनाएका छन् । पटकपटक सम्बन्धित निकायलाई झक्झक्याउँदा पनि चासो नदिएपछि बुधबार स्थानीयले एक घण्टा सडक अवरुद्ध गरी केराका बोट रोपेका थिए ।
बसपार्कस्थित पीपलबोट नजिक चक्काजामसहित सडकमा केराका बिरुवा रोपिएको सङ्घर्ष समितिका सदस्य दीपक काफ्लेले बताए । ‘सुरुमा टेन्डर पनि भयो, ठेकेदार पनि आए तर काम अगाडि बढेन । त्यसपछि यहाँ न ठेकेदार आएका छन् न त सडक नै बनेको छ’, उनले भने ।
सडक नबन्दा आवतजावतमा मात्र नभई यहाँको व्यवसाय नै धराशायी भएको सङ्घर्ष समितिका सदस्य आकाश भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला