काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई जनालाई गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
प्रहरी स्रोतकाअनुसार पक्राउ पर्नेहरूमा देवानगञ्ज–१ का २७ वर्षीय रवीनकुमार यादव र सोही ठाउँका २१ वर्षकै पिन्टु यादव छन् । उनीहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ ।यता कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले घटनाको अनुसन्धान भइरहेको बताउँदै आरोपितहरूको पहिचान भइरहेको बताएका छन् ।
गोली प्रहार गर्नेहरूको पहिचान भइसकेको छ । ५/६ जनाको समूहको संलग्न देखिन्छ । हामी अनुसन्धान गरिरहेका छौं,’ डीआईजी अधिकारीले भने । गोली प्रहार घटनामा प्रयोग भएको मोटरसाइकल र गाडी समेत नियन्त्रणमा लिइएको अधिकारीले बताए ।
सोमबार साँझ गोली प्रहारबाट देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता र पिन्टु मेहता घाइते भएका थिए । सोमबार साँझ मोटरसाइकलमा यात्रा गरिरहेका बेला शिवकुमार र पिन्टुमाथि देवानगञ्ज बजारमा गोली प्रहार भएको थियो ।
शिवकुमारको ढाडदेखि तल दायाँतर्फ र बायाँ कम्मरको भागमा गोली लागेको थियो । सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले सोमबार साँझको घटनामा तीन जना घाइते भएका छन् । उनका अनुसार दुई जनालाई गोली लागेको हो भने एकजना लडेर घाइते भएका हुन् ।
देवानगञ्ज सुनसरीस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ बैशाख २०८२, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ