काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै आलोचना गरेरेका छन् ।
काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सरकारका काम सुस्त हुँदा समस्या निम्तिएको बताए ।
महामन्त्री थापाले नागिरिकले द्रूत गतिमा काम चाहेको तर सरकारले डेलिभरी गर्न नसकेको बताए । ‘मलाई बिस्तारै के कुरा लाग्न थालेको छ भने देशलाई अंकडको स्पिड चाहिएको छ तर सरकार ट्याक्टरको स्पिडमा छ’, उनले अघि भने, ‘मान्छेको अपेक्षाको जुन गति छ त्यो सरकारले पक्रिन सकेन । ‘
कांग्रेस-एमाले गठबन्धनको सरकारको जिम्मेवारीमा नरहेरै सहयोग गर्न तयार भएको स्मरण गराउँदै उनले तर आफूले जोतिएर सरकारलाई सहयोग गर्दा पनि नागरिक सन्तुष्ट हुने काम नभएको बताए ।
सरकारले गति बढाएर काम गरेको भए अहिले सडकमा आन्दोलन देख्नु पर्ने अवस्था नै नआउने उनको भनाइ छ । ‘ स्पिडमा काम गरेको भए शिक्षकहरु आन्दोलनमा आउनुपर्ने थिएन । सरकारीको अवस्था त्यस्तै छ’, उनले भने ‘सरकारले चलाउन नपर्ने कुरा चलाएर सडकमा आउन बाध्य बनाएको छ । यो कुराले हामीलाई रामराम भन्ने हो, गर्ने के त भन्ने बनाएको छ ।’
उनले कांग्रेस-एमालेको सरकार भएकोले आफूहरूले सरकारको काम बढाउन चाहेको बताए । त्यसका लागि खबरदारी गरिरहेको उनको भनाइ छ ।
सरकारले काम गर्न नसक्दा पार्टीको तल्लो तहको समर्थकमा पनि निराशा छाउने अवस्था आएको बताउँदै उनले खबरदारीको गर्नुपरेक बताए । तर, यसको अर्थ राजनीतिक विकल्प खोज्ने भन्ने नभएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ बैशाख २०८२, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंगो देशसँग कांग्रेसले माफी माग्नुपर्दछ: गगन थापा
एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै काँग्रेसका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन
गगन थापाको अनुभूति : 'त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ'
सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो : गगन थापा
नारायणी अस्पतालमा अत्यावश्यक औषधि र जनशक्ति तयारी अवस्थामा राख्नुपर्छ : गगन थापा
'प्रधानमन्त्रीले हप्तामा एक पटक प्रधानमन्त्री पद काँग्रेसलाई छाड्छु भन्नुको अर्थ छैन’ : गगन थापा