एजेन्सी । आफ्नो प्रस्तावलाई अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयको दुई अर्ब अमेरिकी डलर बराबरको सङ्घीय फन्ड बन्द गरेका छन्।
अमेरिकी शिक्षा विभागले विज्ञप्ति जारी गर्दै आफ्नो देशको प्रबुद्ध शैक्षिक निकाय तथा विश्वविद्यालयको सोच्ने शैलीमा नै परिवर्तन आउने ठहर हार्वर्डको अभिव्यक्तिले पुष्टि भएको जनाएको छ।
भर्ना प्रक्रिया र प्रशासनमा परिवर्तन लगायत माग राख्दै स्वास्थ्य मन्त्रालयले गत साता विश्व विद्यालयलाई पत्र लेखेको थियो।
विश्वविद्यालयले मंगलबार राज्यले अनावश्यक नियन्त्रण गर्न खोजेको भन्दै सो मागलाई अस्वीकार गरेको थियो।
ट्रम्प प्रशासनको दबाबमा परेर आफ्नो नीति परिवर्तन नगर्ने यो अमेरिकाको पहिलो विश्वविद्यालय बनेको छ। सोमबार विश्वविद्यालयका अध्यक्ष एलन गार्वर आफ्नो नीतिमा कसैसँग सम्झौता नगर्ने भन्दै विज्ञप्ति जारी गरेका हुन्।
ह्वाइट हाउसले लेखेको पत्रमा सरकारसँग आर्थिक सहकार्य गर्नका लागि १० विषयमा परिवर्तन गर्नुपर्ने जनाएको थियो। अमेरिकामा ट्रम्प दोस्रो कार्यकालमा ह्वाइट हाउस प्रवेश गरेपछि उनले विश्वविद्यालयमा पनि ‘डाइभर्सिटी ’का योजना खारेज गर्न दबाब दिइरहेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०२ बैशाख २०८२, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होर्मुज मार्ग सुरक्षाका लागि युद्धपोत पठाउन ट्रम्पको आह्वान
हामीले इरानलाई जित्यौँ : ट्रम्प
इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र नेतृत्व समाप्त भएको ट्रम्पको दाबी
इरानी हमलाबाट मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्ने ट्रम्पको दाबी
'पाकिस्तान–अफगानिस्तान युद्धमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ' : ट्रम्प
विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा