एजेन्सी । आफ्नो प्रस्तावलाई अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयको दुई अर्ब अमेरिकी डलर बराबरको सङ्घीय फन्ड बन्द गरेका छन्।
अमेरिकी शिक्षा विभागले विज्ञप्ति जारी गर्दै आफ्नो देशको प्रबुद्ध शैक्षिक निकाय तथा विश्वविद्यालयको सोच्ने शैलीमा नै परिवर्तन आउने ठहर हार्वर्डको अभिव्यक्तिले पुष्टि भएको जनाएको छ।
भर्ना प्रक्रिया र प्रशासनमा परिवर्तन लगायत माग राख्दै स्वास्थ्य मन्त्रालयले गत साता विश्व विद्यालयलाई पत्र लेखेको थियो।
विश्वविद्यालयले मंगलबार राज्यले अनावश्यक नियन्त्रण गर्न खोजेको भन्दै सो मागलाई अस्वीकार गरेको थियो।
ट्रम्प प्रशासनको दबाबमा परेर आफ्नो नीति परिवर्तन नगर्ने यो अमेरिकाको पहिलो विश्वविद्यालय बनेको छ। सोमबार विश्वविद्यालयका अध्यक्ष एलन गार्वर आफ्नो नीतिमा कसैसँग सम्झौता नगर्ने भन्दै विज्ञप्ति जारी गरेका हुन्।
ह्वाइट हाउसले लेखेको पत्रमा सरकारसँग आर्थिक सहकार्य गर्नका लागि १० विषयमा परिवर्तन गर्नुपर्ने जनाएको थियो। अमेरिकामा ट्रम्प दोस्रो कार्यकालमा ह्वाइट हाउस प्रवेश गरेपछि उनले विश्वविद्यालयमा पनि ‘डाइभर्सिटी ’का योजना खारेज गर्न दबाब दिइरहेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०२ बैशाख २०८२, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्यान्ड र कम्बोडियाको युद्ध रोक्न म फोन गर्छु : ट्रम्प
ट्रम्पलाई किन भेट्न चाहन्छन् जेलेन्स्की ?
रुस–युक्रेन युद्ध रोक्ने अमेरिकी प्रस्ताव ‘अन्तिम’ होइन : ट्रम्प
ममदानीसँगको भेटमा आठ शान्ति–सम्झौता गराएको ट्रम्पको दाबी
क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि ट्रम्पको घोषणा
ट्रम्पद्वारा क्यानाडासँगको सबै व्यापार वार्ता तत्काल समाप्त