काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित नेपाली जनताले चाहेको तीव्र विकासको आकाङ्क्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले बनेपा, मण्डन देउपुर, चगुनारायण र शङ्खरापुर नगरपालिकाले आयोजना गरेको ‘नगरकोट भ्रमण वर्ष २०८२’ को सोमबार शुभारम्भ गर्दै सोमबार यस्तो बताएका हुन् ।
‘पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड हो । आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्नु राज्यको प्राथमिक दायित्व हो । रोजगारीका अवसर सिर्जना, लगानीयोग्य वातावरण निर्माण, उत्पादनको लागत घटाएर प्रतिस्पर्धा प्रवर्द्धन गरी औधोगीकरणलाई बढावा दिनु पनि उत्तिकै जरुरी छ’ उनले भने, ‘न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित नेपाली जनताले चाहेको तीव्र विकासको आकाङ्क्षा पूरा गर्नु हामी सबैको साझा दायित्व हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ बैशाख २०८२, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी वार्ता टोलीले राष्ट्रपति पौडेललाई बुझाए ८ बुँदे माग
राष्ट्रपतिले बोलाए प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक
राष्ट्रपति पौडेलले गरे कन्या पूजा
राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
संविधान दिवसले नेपालीको आकांक्षा पूरा गर्न एकजुट हुने प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
संवैधानिक दायारमा रहेर अहिलेको विषम परिस्थितीमा मुलुकलाई कसरी निकास दिन सकिन्छ भन्ने प्रयासमा छु : राष्ट्रपति पौडेल