काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित नेपाली जनताले चाहेको तीव्र विकासको आकाङ्क्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले बनेपा, मण्डन देउपुर, चगुनारायण र शङ्खरापुर नगरपालिकाले आयोजना गरेको ‘नगरकोट भ्रमण वर्ष २०८२’ को सोमबार शुभारम्भ गर्दै सोमबार यस्तो बताएका हुन् ।
‘पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड हो । आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्नु राज्यको प्राथमिक दायित्व हो । रोजगारीका अवसर सिर्जना, लगानीयोग्य वातावरण निर्माण, उत्पादनको लागत घटाएर प्रतिस्पर्धा प्रवर्द्धन गरी औधोगीकरणलाई बढावा दिनु पनि उत्तिकै जरुरी छ’ उनले भने, ‘न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित नेपाली जनताले चाहेको तीव्र विकासको आकाङ्क्षा पूरा गर्नु हामी सबैको साझा दायित्व हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ बैशाख २०८२, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेल जापानमा
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
‘मुलुकलाई निकास दिन फागुन २१ को निर्वाचन सफल पारौँ’ : राष्ट्रपति पौडेल