हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–२ लोती भन्ने स्थानमा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चंखेली गाउँपालिका–२ का ४५ वर्षीय परबल कामी र ३१ वर्षीय अर्जुन कामी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख एवम् डिएसपी शंकर पोखरेलले जानकारी दिए ।
स्काभेटर मुगु छायाँनाथ नगरपालिका–१४ का नन्दलाल बडुवालको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
गएराति भएको दुर्घटनामा स्काभेटर चालकको अवस्था भने सामान्य छ । अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्काभेटर सडकबाट करिब १ सय मिटर तल खसेको छ । घटनास्थल मिमी प्रहरी चौकीभन्दा करिब १ घण्टा र मेल्छाम प्रहरी चौकीभन्दा करिब ३० मिनेटको दुरीमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ बैशाख २०८२, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु