विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रोकिएका योजनालाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताएका छन् । झापामा गौरादह नगर अस्पतालको शिलान्यास गर्दै उनले एसियाली राजमार्ग निर्माण, हुलाकी र मदन भण्डारी राजमार्ग निर्माण तीव्र पारिने बताए ।
`अब अहिले बजेट बनाउने बेला भएको छ, अर्थतन्त्र बिग्रेको अवस्थामा थियो’, उनले भने, ‘बल्ल हामीले बिगारेको अर्थतन्त्र सही दिशामा ल्याएका छौं, नयाँ काम र ठूला योजना ल्याउन अवस्था छैन ।´
कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा सरकारले काम गरिररहेको उनको भनाइ छ । सहकारी मार्फत कृषिको अनुदान र युवाहरूलाई स्टार्टअप कर्जाका लागि आवेदन दिन सकिने ओलीले बताए ।
झापा-५ बाट निर्वाचित प्रम ओलीले बिस्तारै डायलासिस, आँखा उपचारसहितका उपचार शुरू गरेर गौरादह अस्पताललाई सुविधासम्पन्न बनाउने बताए । १५ शय्याको यो अस्पताल २०८३ माघमा सम्पन्न गर्ने गरी १२ करोड ५९ लाख ७९ हजारको लागतमा ३२ कठ्ठा क्षेत्रफलमा निर्माण हुने मेयर छत्रपति सुवेदीले जानकारी दिए ।
कार्यक्रममा अस्पतालका जग्गादाता परिवारलाई पनि सम्मान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० चैत्र २०८१, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली