भोजपुर । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ।
भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेका जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० चैत्र २०८१, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु