अमेरिका । अमेरिकामा ३० दिनभन्दा बढी समय बसोबास गर्ने विदेशी नागरिकले विदेशी दर्ता ऐनअन्तर्गत अनिवार्य दर्ता गर्नुपर्ने भएको छ। दर्ता नगरे जरिवाना, जेल सजाय वा दुवै हुन सक्ने चेतावनी दिइएको छ।
प्रेस सचिव क्यारोलिन लाभेटले शुक्रबार भनिन्, ‘आज अप्रिल ११ दर्ताको अन्तिम मिति हो। ३० दिनभन्दा बढी समयदेखि अमेरिकामा रहेका सबै विदेशीले संघीय सरकारमा दर्ता गर्नुपर्छ। यो पालना नगर्नु अपराध हो, जसको सजाय जरिवाना, जेल वा दुवै हुन सक्छ।’ उनले राष्ट्रपति ट्रम्प र गृह सुरक्षा सचिव क्रिस्टी नोएमको भनाइ उद्धृत गर्दै थपिन्, ‘दर्ता नगर्ने विदेशी पक्राउ पर्नेछन्, जरिवाना तिर्नुपर्नेछ, देश निकाला गरिनेछ र कहिल्यै अमेरिका फर्कन पाउने छैनन्।’
गृह सुरक्षा विभागको अप्रिल ११ को प्रेस विज्ञप्तिअनुसार ३० दिन वा सोभन्दा बढी समयदेखि दर्ताबिना अमेरिकामा रहेका विदेशीले तुरुन्तै दर्ता गर्नुपर्नेछ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २९ चैत्र २०८१, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण