अमेरिका । अमेरिकामा ३० दिनभन्दा बढी समय बसोबास गर्ने विदेशी नागरिकले विदेशी दर्ता ऐनअन्तर्गत अनिवार्य दर्ता गर्नुपर्ने भएको छ। दर्ता नगरे जरिवाना, जेल सजाय वा दुवै हुन सक्ने चेतावनी दिइएको छ।
प्रेस सचिव क्यारोलिन लाभेटले शुक्रबार भनिन्, ‘आज अप्रिल ११ दर्ताको अन्तिम मिति हो। ३० दिनभन्दा बढी समयदेखि अमेरिकामा रहेका सबै विदेशीले संघीय सरकारमा दर्ता गर्नुपर्छ। यो पालना नगर्नु अपराध हो, जसको सजाय जरिवाना, जेल वा दुवै हुन सक्छ।’ उनले राष्ट्रपति ट्रम्प र गृह सुरक्षा सचिव क्रिस्टी नोएमको भनाइ उद्धृत गर्दै थपिन्, ‘दर्ता नगर्ने विदेशी पक्राउ पर्नेछन्, जरिवाना तिर्नुपर्नेछ, देश निकाला गरिनेछ र कहिल्यै अमेरिका फर्कन पाउने छैनन्।’
गृह सुरक्षा विभागको अप्रिल ११ को प्रेस विज्ञप्तिअनुसार ३० दिन वा सोभन्दा बढी समयदेखि दर्ताबिना अमेरिकामा रहेका विदेशीले तुरुन्तै दर्ता गर्नुपर्नेछ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २९ चैत्र २०८१, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा भीषण हिमआँधी, तीन जनाको मृत्यु
७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची
इरानसँग व्यापार गर्ने देशमाथि अमेरिकाले लगायो २५ प्रतिशत भन्सार शुल्क
अमेरिकाले कब्जा गर्यो रुसी झण्डावाहक तेल ट्याङ्कर
विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?