एजेन्सी । अमेरिकी अदालतले कोलम्बिया विश्वविद्यालयका एक विद्यार्थीलाई देश निकाला गर्न अनुमति दिएको छ ।
अमेरिकी एक न्यायाधीशले कोलम्बिया विश्वविद्यालयका विद्यार्थी महमुद खलिललाई देश निकाला गर्नसक्ने फैसला गरेका छन् ।
अध्यागमन अदालतको निर्णयको अर्थ खलिललाई तत्काल देशबाट निष्कासन गरिनेछ भन्ने होइन । न्यायाधीशले खलिलका वकिलहरूलाई यस आदेशविरुद्ध अपिल गर्न अप्रिल २३ सम्मको समय दिएका छन् ।
प्यालेस्टाइन समर्थकको विरोध प्रदर्शनमा भूमिका खेलेको आरोपमा खलिललाई गत महिना पक्राउ गरिएको थियो ।खलिल मार्च ८ देखि लुइसियाना डिटेन्सन सेन्टरमा छन् ।
खलिलले आफ्नो गिरफ्तारी प्यालेस्टिनीहरूको अधिकारको लागि आवाज उठाएको परिणाम भएको बताएका छन् । खलिल संयुक्त राज्य अमेरिकाका कानुनी रूपमै स्थायी बासिन्दा हुन् ।
यद्यपि, अमेरिकी सरकारले शीतयुद्धकालीन अध्यागमन कानुनलाई अमेरिकी विदेश नीतिको हित विपरीत भएको उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २९ चैत्र २०८१, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने
रवि लामिछाने अदालत उपस्थित
आगजनीपछि आइतबारदेखि सञ्चालन हुँदै उच्च अदालत तुलसीपुर
अदालतबाट दोषी ठहर भएका १३ जना फरार प्रतिवादी पक्राउ
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ
बजेटमा अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज