काठमाडौँ । कैलालीमा हाइस गाडीले ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ५ अमौरामा आज सु प प्र ०१–००१ ज १५९८ नम्बरको हाइस गाडीले ठक्कर दिँदा साइकलमा सवार जानकी गाउँपालिका वडा नम्बर ५ की ४४ वर्षीया किहरु बडुवालको ज्यान गएको हो ।
साइकल चलाइरहेका मृतकका श्रीमान् ५५ वर्षीय मानबहादुर बडुवाल घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक नविन राजा बुढाथोकीले जानकारी दिए। उनका अनुसार घाइते बडुवालको नेपालगञ्जमा उपचार भइरहेको छ । टीकापुरबाट लम्कीतर्फ गइरहेको हाइस गाडीले साइकलमा लम्कीतर्फै गइरहेका दम्पत्तीलाई ठक्कर दिएपछि दुर्घटना भएको बताइएको छ। गाडीलाई प्रहरीले नियन्त्रणमा लगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ चैत्र २०८१, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन