काठमाडौँ । कैलालीमा हाइस गाडीले ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ५ अमौरामा आज सु प प्र ०१–००१ ज १५९८ नम्बरको हाइस गाडीले ठक्कर दिँदा साइकलमा सवार जानकी गाउँपालिका वडा नम्बर ५ की ४४ वर्षीया किहरु बडुवालको ज्यान गएको हो ।
साइकल चलाइरहेका मृतकका श्रीमान् ५५ वर्षीय मानबहादुर बडुवाल घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक नविन राजा बुढाथोकीले जानकारी दिए। उनका अनुसार घाइते बडुवालको नेपालगञ्जमा उपचार भइरहेको छ । टीकापुरबाट लम्कीतर्फ गइरहेको हाइस गाडीले साइकलमा लम्कीतर्फै गइरहेका दम्पत्तीलाई ठक्कर दिएपछि दुर्घटना भएको बताइएको छ। गाडीलाई प्रहरीले नियन्त्रणमा लगेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ चैत्र २०८१, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते