चितवन । चितवनको रत्ननगरमा घाँस काट्न गएका दुई महिला गैँडाको आक्रमणबाट घाइते भएका छन्।
मंगलबार दिउँसो रत्ननगर नगरपालिका–७ स्थित बाघमारा क्षेत्रमा घाँस काट्न गएका उनीहरुलाई गैँडाले आक्रमण गरेको हो।
घाइते हुनेमा रत्ननगर–७ की ५२ वर्षीया ठूली तामाङ र ५६ वर्षीया जानकी महतो रहेका छन्।
गैँडाले आक्रमण गर्दा तामाङको दायाँ खुट्टा र कम्मरमा चोट लागेको छ भने महतोको दायाँ हात र कम्मरमा चोट लागेको चितवन प्रहरीले जनाएको छ।
दुवैको अवस्था मध्यम रहेको र अहिले भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको चितवनका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिए।
घटनापछि प्रहरी चौकी बछौलीबाट प्रहरी निरीक्षक कैलाश कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। बछौलीबाट पश्चिमतर्फ करिब चार किलोमिटर दूरीमा उक्त घटना भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ चैत्र २०८१, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु
युक्रेनद्वारा रुसमा अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण
जंगली हात्तीको आक्रमणबाट एक किसानको मृत्यु
युक्रेनको राजधानी किभमा रुसद्वारा ठूलो हवाई आक्रमण
भारतका विभिन्न स्थानमा पाकिस्तानको आक्रमण, विभिन्न सहरहरूमा ड्रोन हमला
युक्रेनले गरेको ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थल बन्द