काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजतन्त्र औचित्य समाप्त भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले औचित्यहीन राजतन्त्र पुन:स्थापना नहुने बताए । “औचित्य समाप्त भएको राजतन्त्र फेरि फर्काउने दिवास्वप्नबाट मुक्त हुनुपर्छ”, पूर्वराजा ज्ञानेन्द्रको सहमतिमा नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको स्पष्ट गर्दै उनले भने ।
फरक प्रसंगमा नेता नेपालले संविधान संशोधन आवश्यक भएको बताए । साथै उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग तत्काल एकताको सम्भावना नरहेको स्पष्ट गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ चैत्र २०८१, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश