काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ ।
गएराति सम्पन्न केन्द्रीय सचिवालयको बैठकले उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेका सम्बन्धमा जुन निर्णय गरेको छ, त्यसलाई सम्मान गर्ने निर्णय गरेको छ ।
यस्तै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने बैठकले निर्णय गरेको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
यस्तै रास्वपाले पक्राउ पुर्जी नलिएरै प्रहरी लामिछानेलाई पक्राउ गर्न गरेकोमा आक्रोश पोखेको छ । ‘सभापतिको घरमा — त्यो पनि बेडरुमभित्र बसेर जुन किसिमले पूर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले गर्यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन’, रास्वपाले निर्णयमा उल्लेख गरेको छ ।
नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैरसंवेदनशील र गैरकानुनी कार्य भएको भन्दै रास्वपाले भत्सर्ना गरेको छ ।
यस्तै रास्वपाले शनिबार चितवनमा आयोजना हुन लागेको जनयात्रा शुभारम्भ सभालाई भव्य रूपमा सफल पार्ने निर्णय समेत रास्वपाले गरेको छ ।
सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतको आदेशअनुसार सभापति लामिछाने शुक्रबार राति काठमाडौँस्थित निवासबाटै पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ चैत्र २०८१, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र छविको मुद्दामा मिसिल झिकाउने अदालतको आदेश
रवि-छविको मुद्दामाथि आज सुनुवाइ हुँदै
रवि र छविको मुद्दामा उच्च अदालतले गर्यो जिल्लाको मिसिल झिकाउने आदेश
जाँचबुझ आयोग अपडेट : आईजीपीसँग स्पष्टीकरण, रविसँग करिब साढे सात घण्टा बयान
रविलाई भेट्न सिंहदरबार पुगिन् पत्नी निकिता
रवि र छविको मुद्दाको सुनुवाइ स्थगित